२० फाल्गुन २०८१, मंगलबार । March 4, 2025

प्रधानमन्त्री देउवा आज धनगढी जाँदै



काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज (बुधबार) धनगढी जाने भएका छन्।

गृहजिल्ला डडेलधुराका चुनावी आमसभामा सहभागी उनी आज धनगढी जान लागेका हुन्। देउवा बुधबार धनगढी बसी बिहीबार गृहजिल्ला जाने ​उनका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । देउवाले वाम–लोकतान्त्रिक गठबन्धन डडेलधुराले जिल्लाका सातवटै स्थानीय तहमा आयोजना गर्ने आठ सभामा सम्बोधन गर्नेछन्।

उनले बिहीबार जिल्ला सदरमुकामको बसपार्कमा आयोजित चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम छ। कार्यक्रम दिउँसो साढे १२ बजे राखिएको छ। यस्तै कात्तिक १८ गते बिहान नवदुर्गा गाउँपालिकाको बेलापुर खुनी र दिउँसो गन्यापधुरा गाउँपालिका–२ बडालको चुनावी सभामा कार्यक्रम रहेको वाम–लोकतान्त्रिक गठबन्धन डडेलधुराले जनाएको छ।

देउवाले १९ गते बिहान अजयमेरु गाउँपालिकाको भद्रपुर र दिउँसो भागेश्वर गाउँपालिकाको रूपालमा आयोजना हुने कार्यक्रममा सम्बोधन गर्नेछन्। कात्तिक २० गते बिहान आलिताल गाउँपालिकाको गोदाम र घरेलु बजारमा तथा दिउँसो परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम छ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ८ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

घट्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

केपी ओली कपको उपाधि मछिन्द्रलाई

काठमाडौं । केपी ओली कपको उपाधि मछिन्द्र क्लबले जितेको छ