२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

एमालेले एकल बहुमत ल्याउँछ : अध्यक्ष ओली



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने दावी गरेका छन् ।

नेपाली जनताको साथ रहेकाले एमाले एक्लैले बहुमत ल्याउने अध्यक्ष ओलीले दृढ विश्वास थियो । मंगलबार काठमाडौंमा पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गरेलगत्तै आयोजित बहस कार्यक्रममा भाग लिँदै उनले अरु पार्टीका लागि भने एकल बहुमत बिल्कूलै सम्भव नभएको जिकीर समेत गरे ।

२ सय ७५ सिट मध्ये १ सय ३८ सिट प्रतिनिधिसभामा आए बहुमत पुग्ने उल्लेख गर्दै अध्यक्ष ओलीले आफ्नो पार्टीले प्रतिनिधिसभामा १ सय ५० सिटको गन्तव्य बनाएर निर्वाचनमा होमिएको स्पष्ट पारेका छन् । अध्यक्ष ओलीले एमालेको सरकारका बेला गरेका कामहरु जनताले देखेकाले आगामी निर्वाचनमा बहुमत ल्याउने तर्क गरेका छन् ।

अध्यक्ष ओलीले एमालेले आगामी निर्वाचनमा पपुलर मत ५१ प्रतिशत भन्दा बढि ल्याउने पटकपटक दोहोर्‍याए । अध्यक्ष ओलीले पार्टीले सार्वजनिक गरेको चुनावी घोषणा पत्रको प्रतिवद्धताहरु पूरा गर्नका लागि ल्याइएको बताए ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ५ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको