२८ मंसिर २०८२, शनिबार । December 13, 2025

केपी ओलीले मलाई हराउँन १० करोड खर्च गरेका छन् : विरोध खतिवडा



मकवानपुर । सत्ता गठबन्धनको तर्फबाट मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार विरोध खतिवडाले जसरी पनि आफूलाई हराउँन केही व्यक्ति ठूलै पैसा खर्च गरेर लागिपरेको सूचना पाएको बताएका छन् ।

मंगलबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ मा गठबन्धनको संयुक्त निर्वाचन परिचालन कार्यालय उद्घाटन गर्दै खतिवडाले एमालेसंग विद्रोह गरी प्रतिगमन विरुद्धको लडाइमा लागेका हामीलाई यो चुनावमा जसरी पनि हराउँनुपर्छ भनेर केही व्यक्ति लागिपरेको आफूले सुनेको बताएका हुन् ।

विरोध र माधवलाई जसरी पनि यो चुनावबाट हराउँनुपर्छ भनेर केही मान्छे लागिपरेको सुनेको छु ।’ खतिवडाले भने, ‘एमालेका अध्यक्ष केपी ओलीबाट दश करोड रुपैंया बुझेर केही मान्छे मलाई हराउँन लागेका छन् अरे ।’खतिवडाले आफूलाई हराउने एमाले अध्यक्ष ओली जतिपनि खर्च गर्न तयार छन् भन्ने सुन्नमा आएको बताए ।

पैसा बुझेर हराउँन लागेकाहरु मेरा गोप्य कुरा तथा कमजोरी पत्ता लगाउन खटिएका छन् भन्ने सुनेको छु ।’ उनले भने, मकवानपुरमा आफूहरु गठबन्धनका उम्मेदवार रहेकाले कांग्रेस, माओवादीका मतदाताहरुलाई भ्रममा नपर्न आग्रह गरे । उम्मेदवार खतिवडाले प्रतिनिधीसभा क्षेत्र नम्बर २ मा एमालेबाट निर्वाचित झण्डै आधा दर्जन वडाअध्यक्ष आफ्नो चुनावी प्रचारमा लागिसकेका दोहोर्‍याए ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  १ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले