४ असार २०८३, बिहिबार । June 18, 2026

हट एयर बलुन दुर्घटनामा दुई पर्यटकको मृत्यु, तीन घाइते


१ कार्तिक २०७९, मंगलबार  

0
Shares

एजेन्सी । टर्कीको लोकप्रिय पर्यटकीय गन्तव्य क्यापाडोसियामा मंगलबार तातो हावायुक्त बलुन दुर्घटना हुँदा दुई स्पेनी पर्यटकको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

एक निजी कम्पनीको बलुन नेभसेहिर प्रान्तको एभानोस जिल्लाको जेल्भ भग्नावशेषबाट उडेको र अप्रत्याशित गतिमा आएको हावाका कारण किलिक क्षेत्रमा आकस्मिक अवतरण गरेको प्रान्तीय कार्यालयले जनाएको छ । बलुनमा कुल २८ यात्रु र दुईजना चालक दलका सदस्य सवार थिए । प्रारम्भिक जानकारी अनुसार दुर्घटनाको कारण हावाको गतिमा अप्रत्याशित वृद्धि भएको विज्ञप्तिमा उल्लेख छ ।

प्राकृतिक चट्टान संरचनायुक्त उपत्यका, भूमिगत बस्तीहरू, गुफा होटलहरू एवं ऐतिहासिक गुम्बाहरू भएको क्यापाडोसिया तातो हावायुक्त बलुन सवारीहरूको लागि परिचित छ । यो यस्ता प्रसिद्ध विश्वभरका गन्तव्यहरू मध्ये एक हो । यहाँ आगन्तुकहरूले उचित मौसमका कारणले लगभग वर्षैभरि बलुन सवारीको आनन्द लिन सक्छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ७ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा