२९ चैत्र २०८१, शनिबार । April 12, 2025

गणतन्त्रको रक्षाका खातिर गठबन्धनको जित अपरिहार्य : दाहाल



नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा संविधान, लोकतन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका खातिर गठन भएको वाम लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनुपर्ने बताएका छन् ।

वाम लोकतान्त्रिक गठबन्धनले मंगलबार ललितपुरमा आयोजना गरेको निर्वाचन परिचालन कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिगमनको खतरा कायम रहँदासम्म गठबन्धनलाई पूर्णरुपमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेकाले आगामी निर्वाचनलाई सामान्यरुपमा लिन नहुने बताए ।

निर्वाचनमा प्रष्टरुपमा दुई वटा गठबन्धन रहेको उल्लेख गर्दै उनले ती गठबन्धनको मुख्य कुरा के हो भन्ने जनतालाई बुझाउनुपर्ने स्पष्ट पारे । उनले विस्तृत शान्ति सम्झौता, संविधानसभाबाट संविधान हुँदै अगाडि बढेको नेपालको राजनीतिक परिवर्तनको प्रक्रियालाई अगाडि बढाउन पनि गठबन्धन अत्यावश्यक रहेको बताए ।

अध्यक्ष दाहालले वाम लोकतान्त्रिक गठबन्धन परिवर्तनको पक्षमा तथा संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि खडा भएको र अर्को गठबन्धन जनविरोधी र प्रतिगमनको पक्षधर रहेको आरोप लगाए । उनले निरंकुशतालाई पराजित गर्ने उद्देश्यका साथ गठन भएको गठबन्धनले स्थानीय तहको निर्वाचनमा चोटिलो प्रहार गरेको तथ्य स्मरण गराए ।

उनले कुनै पनि हिन भावना नराखी एक अर्का दलले गठबन्धनका उम्मेदवारलाई खुसी भएर मतदान गर्न आग्रह गरेका छन् । उनले निर्वाचन सफल भएपछि गठन हुने गठबन्धनको सरकारले आर्थिक विकासको प्रक्रिया अगाडि बढाउने विश्वास समेत व्यक्त गरे ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ४ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिद्धबाबा मन्दिर नजिक पहिरोले कार च्याप्यो, यात्रु सकुशल

बुटवल । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको एक कार सिद्धार्थ राजमार्गमा

नेपाल र हङकङबीच टी–२० भिडन्त आज, फाइनल पुग्ने लक्ष्यमा नेपाल

काठमाडौँ । हङकङमा जारी चारदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल आज

भियतनामका १८० बौद्ध धर्मावलम्बी विशेष चार्टर विमानमार्फत लुम्बिनी दर्शनमा

काठमाडौँ । भियतनामका १८० जना बौद्ध धर्मावलम्बीहरू विशेष चार्टर विमानमार्फत

दुर्गा प्रसाईं हत्कडीसहित चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं

काठमाडौं । राजावादी आन्दोलनमा संलग्न रही चैत १५ गते काठमाडौंको

अल्फाबेट मन्टेश्वरीको प्रथम अभिभावक दिवस तथा ग्र्याजुएसन कार्यक्रम सम्पन्न

काठमाडौं । तारकेश्वर नगरपालिका–६ पैँयाटारमा रहेको अल्फाबेट मन्टेश्वरीले प्रथम अभिभावक