२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

एमाले नेतृत्वको गठबन्धन अपवित्र भएको माधव नेपालको टिप्पणी



ललितपुर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेले गरेको गठबन्धन अपवित्र भएको बताएका छन् ।

सत्तारुढ गठबन्धनले मंगलबार ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले एमालेले बनाएको विपक्ष गठबन्धन अप्राकृतिक तथा अपवित्र दुवै भएको जिकीर गरे । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका संविधान कुल्चिने र लोकतन्त्र मास्ने जस्ता गलत कामलाई रोक्नका लागि गठन भएकाले सत्तारुढ गठबन्धन प्राकृतिक र पवित्र रहेको अध्यक्ष नेपालको तर्क थियो ।

उनले जहानियाँ राणा शासनको अन्त्य गर्ने, पञ्चायती निरंकुशता अन्त्य गर्न सफल काँग्रेस र कम्युनिष्टहरुबीचको गठबन्धन अब पनि सफलताको बिन्दुमा पुगि छाडने बताए ।उनले भने दुई दुई पटक संविधान कुल्चने काम भएको थियो । मुलुकलाई अस्थिरतातर्फ लैजाने प्रयत्न भएको थियो ।

जबरजस्ती समयभन्दा पहिले नै अधिकार मागेर प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्ने काम गरेको थिए त्यसको विपक्षमा हामी उभियौं । देशको संविधान जोगायौं । संविधान मात्रै जोगाएको होइन, लोकतन्त्र पनि जोगायौं । जुन हिसावबाट मुलुक अधिनायकवादको बाटोमा जाँदै थियो ।

संविधानको आफूखुशी व्याख्या गर्दै, तोडमरोड गर्दै, अपब्याख्या गर्दै जाने प्रवृत्ति देखिएको थियो । त्यसलाई हामीले ठिक लिगमा बसाल्यौं । गणतन्त्र पनि मास्ने अभियान सुरु हुन खोज्दै थियो । त्यसलाई पनि जोगाउने काम हामीले ग¥यौं । अस्थिरताको अवस्थाबाट देशलाई जोगाएर स्थिरताको बाटोमा लग्यौं ।

यसरी पवित्र उद्देश्यका साथ यस्ता पार्टीहरुसँग हामीले गठबन्धन ग¥यौं । अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनलाई विजयी गराउनका लागि एकतावद्ध भएर अगाडि बढ्न पनि गठबन्धनमा आवद्ध दलका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ३ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको