२८ मंसिर २०८२, शनिबार । December 13, 2025

ब्रोकर लाइसेन्सका लागि ४५ कम्पनीका आवेदन



काठमाडौं । नयाँ ब्रोकर कम्पनीका लागि ४५ वटा आवेदन परेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सूचना अधिकृत मुराहरि पराजुलीका अनुसार नयाँ ब्रोकर कम्पनीका लागि ४५ वटा आवेदन परेकोमा ४५ वटा नै धितोपत्र बोर्ड समक्ष सिफारिस गरिएको छ। सोमवार आवेदन दिने अन्तिम दिनसम्म नयाँ ब्रोकर कम्पनी खोल्न ४५ वटा आवेदन परेकोमा नेप्सेले सबै आवेदन सोमबार नै धितोपत्र बोर्डमा पठाएको छ। बोर्डले वितरण गर्न लागेको नयाँ ब्रोकर लाइसेन्स तीन किसिमका हुनेछन् ।

पुँजी संरचनाका आधारमा फरकफरक सेवा प्रदान गर्ने गरी बोर्डले तीन किसिमको ब्रोकर लाइसेन्स वितरण गर्न लागेको हो । बोर्डले तोकेको पुँजी संरचनाअनुसार सीमित दायराको पहिलो तहको ब्रोकरका लागि २० करोड रुपैयाँ, सेयर खरिदविक्री गर्नेसँगै डिपीको रुपमा काम गर्ने, लगानी परामर्श सेवा एवम् लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवासमेत दिने पूर्ण दायरा सहितको दोस्रो तहको ब्रोकरको चुक्ता पुँजी ६० करोड रुपैयाँ र तेस्रो तह स्टक डिलरका लागि १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुजी हुनुपर्छ । यो समाचार कारोबार दैनिकमा छ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  १२ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले