१९ चैत्र २०८१, बुधबार । April 2, 2025

राजापुर र गेरुवामा एक हजार घर डुबानमा



बर्दिया । राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका एक हजार चार सय घर डुबानमा परेका छन् ।

पछिल्लो साता लगातार भएको अविरल वर्षाका कारण कर्णाली नदीमा आएको बाढी बस्तीमा पुगेकाले राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका एक हजार चार सय घर डुबानमा परेर अधिकांश बासिन्दा विस्थापित भएका छन् । विस्थापित र अति पीडितको सुबिधाका लागि सात ठाउँमा खानाको मेस चलाएर खाना खुवाइरहेको राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताए। बाढी पीडित क्षेत्रमा यसवर्ष पनि धानबाली क्षति भएको छ ।

गतवर्ष धान काट्दै गर्दा बाढी आएर बगाएको थियो भने यसवर्ष पनि पाकेको धानबाली ढाल्ने र हिलोले पुर्ने गरेको गेरुवा वडा नं ४ का किसान भूमिसरा चलाउनेले बताए। धानको क्षति भएकाले यसवर्ष पनि आफूहरु बिचल्लीमा परेको अर्का किसान सुन्दरी थरुनीले बताए। गतवर्ष पनि धानको क्षतिको विवरण लिएर गए पनि धानको क्षतिपूर्ति नदिएको उनको गुनासो थियो।

मानवीय क्षति भएको छैन तर धानबाली, खाद्यन्न र घर क्षति भएको राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले बताए। उनका अनुसार कर्णाली नदी व्यवस्थापन आयोजनामा पर्याप्त बजेट नआउँदा नदीको व्यवस्थापन हुन सकेको छैन ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  २ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

रेडियो नेपाल ३ करोड नेपालीको हो, कुनै एक व्यक्ति, पार्टी वा सरकारको होइन: मन्त्री गुरूङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले रेडियो नेपाललाई

भूकम्प पीडितलाई राहत लिए म्यानमार उड्यो सेनाको राहत टोली

काठमाडौं । नेपाली सेनाको एक विशेष टोली म्यानमारको भूकम्प पीडित

नेपाल र थाइल्याण्ड बीच पर्यटन, संस्कृति र व्यापारमा नयाँ सम्झौतामा हस्ताक्षर

बैंकक । नेपाल र थाइल्याण्ड बीच आज पर्यटन, संस्कृतिसँग सम्बन्धित

स्वतन्त्रताको नाममा हिंसा, तोडफोड र आगजनी निषेधित: राष्ट्रपति

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले स्वतन्त्रताको नाममा हिंसा, तोडफोड, आगजनी

नेपाल र थाइल्याण्ड बीच व्यापारिक सहकार्यको समझदारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र थाइल्याण्डको व्यापार बोर्डबीच