१२ चैत्र २०८२, बिहिबार । March 26, 2026

नाम फिर्ता लिन आयोगमा २९ निवेदन,कुन दलबाट कति ?


१७ आश्विन २०७९, सोमबार  

0
Shares

काठमाडौं । राजनीतिक दलहरुले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकतर्फको संशोधित बन्दसूचीमा सुचीकृत २९ जना उम्मेदवारले नाम फिर्ताको लागि आयोगमा निवेदन दिएका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि समानुपातिक बन्दसूचीबाट प्रतिनिधिसभा सदस्यतर्फ ९ र प्रदेशसभातर्फ २० जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिन निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ नेपाली कांग्रेस ४, जनता समाजवादी पार्टी ३, नेकपा माओवादी केन्द्र १ र नेकपा एकीकृत समाजवादीबाट १ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

यसैगरी प्रदेशसभातर्फ प्रदेश–१ का ६, मधेश २, बागमती १०, गण्डकी र लुम्बिनीका १–१ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । आयोगले उम्मेदवारी फिर्ताको लागि सोमबार बिहान १० देखि मध्यान्ह १२ बजेसम्म समय दिएको थियो ।

प्रतिपक्षी नेकपा एमालेबाट परेको सूचीबाट नाम फिर्ता लिने कोही नभएको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ५ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali