२६ चैत्र २०८१, बुधबार । April 9, 2025

प्रत्यक्ष निर्वाचन नलड्ने भट्टराईको घोषणा



काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रत्यक्षतर्फ चुनाव नलड्ने घोषणा गरेका छन् ।

भट्टराईले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने जानकारी गराएका हुन । २०६४, ७० र ७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा विजयी गराएर सेवा गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण गोरखाली बुबाआमा, दिदीबहिनी, दाजुभाइहरूमा हृदयदेखि आभार व्यक्त गर्दछु,’ भट्टराईले लेख्नुभएको फेसबुक स्टाटसमा भनिएको छ ।

उनले प्रत्यक्ष चुनाव नलडे पनि पार्टीको काम र जनसेवामा निरन्तर खटिरहने प्रतिबद्धता पनि जनाएका छन् । चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन ! भन्दै भट्राईले कतिपय मानिसहरूले जानी नजानी त्यस्तो सोचे पनि सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा नभएको बताएका छन् ।

सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनता÷समाजको सेवा गर्ने साधन हो भन्ने कुरामा आप्mनो विश्वास रहेको उनको भनाई छ ।

नेकपा माओवादी केन्द्रको चुनाव चिह्न गोलाकार भित्रको हँसिया हथौडाबाट चुनावी प्रतिस्पर्धा गर्ने निर्णय लिएका नेसपाका अध्यक्ष भट्टराई गोरखा क्षेत्र नम्बर २ का आकांक्षी थिए ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ४ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

हेबेई प्रान्तको नर्सिङ होममा आगलागी, २० जनाको मृत्यु

एजेन्सी । उत्तर चीनको हेबेई प्रान्तको लोङहुआ काउन्टीस्थित एक नर्सिङ

सुनको मूल्यमा वृद्धि, चाँदीको मूल्य पनि केहि बढ्यो

काठमाडौं । नेपालमा बुधबार सुनको मूल्य २ हजार रुपैयाँले बढेको

पूर्वी तराईमा आकस्मिक बदली: मेघ गर्जन र चट्याङसँगै पानीको झरी

काठमाडौं । देशभर प्रदूषणको चपेटामा परेको मौसमले पूर्वी तराईमा भने

संगीत रोकिन नपाउँदै मृत्युको शंख : नाइटक्लबको छतले ७९ जीवन थिच्यो

काठमाडौं । डोमिनिकन गणतन्त्रको राजधानी सान्तो डोमिङ्गोमा मंगलबार बिहान एक

११ देखि ३ सम्म दाउन्ने सडक खण्डमा ‘नो इन्ट्री’

त्रिवेणी । नारायणगढ–बुटवल सडक विस्तार कार्य तीव्र रूपमा अगाडि बढेसँगै