२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

वर्तमान निर्वाचन प्रणालि सुधारको एजेन्डा सहित नेकपा एसको घोषणा पत्र सार्वजनिक (पुर्ण पाठ)



काठमाडौं । नेकपा एकीकृत समाजवादीको चुनावी घोषणा पत्र सार्वजनिक भएको छ ।

सोमबार बानेश्वरस्थित पार्टी कार्यालयबाट एकीकृत समाजवादीका नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा एकीकृत समाजवादीले पूर्वदेखि पश्चिमसम्म मेगा नहर बनाउने उल्लेख गरेको छ । नेपालको पूर्वदेखि पश्चिमसम्मका सबै नदीलाई एक अर्कासँग जोडी ‘पूर्व–पश्चिम मेगा नहर’ बनाई सिँचाइ, कृषि सडक, खानेपानी तथा जलमार्ग र निश्चित स्थानहरूमा पर्यटकीय स्थथहरूको विकास गर्ने गरी राष्ट्रिय गौरवको आयोजना बनाउन पहल गर्ने एकीकृत समाजवादीले बताएको छ । त्यस्तै विदेशबाट फर्केका युवालाई कृषि पेशामा आकर्षित गर्न १० लाखसम्म निब्र्याजी ऋण दिने व्यवस्था गर्न अभियान नै सञ्चालन गर्न घोषणा गरेको छ ।

वर्तमान निर्वाचन प्रणाली अन्त्यन्त खर्चिलो भएको भन्दै सुधारका लागि पहल गर्ने उल्लेख छ । नेकपा एकीकृत समाजवादी पार्टीले राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै दशगजा क्षेत्रलाई व्यवस्थित गर्नुपर्ने बताएको छ । घोषणापत्रमा देशबाट बाहिरिने र देशमा भित्रिने मानिसहरूको व्यवस्थित रेकर्ड राखिने उल्लेख छ । त्यस्तै विभिन्न छिमेकी राष्ट्रसँग देखिएका सीमा विवाद कूटनीतिक पहलमार्फत समाधान गरिने घोषणापत्रमा बताइएको छ । अतिक्रमित नेपाली भूभाग फिर्ताका लागि उच्च प्राथमिकतासहित कूटनीतिक पहल गरिने घोषणापत्रमा उल्लेख छ ।

मित्र राष्ट्रसँगको सीमा समस्या समाधान गर्न र अतिक्रमित नेपाली भूभाग फिर्ता लिन उच्च प्राथमिकतासहित कूटनीतिक पहल गर्न दबाब दिइने घोषणापत्रमा जनाइएको छ । एकीकृत समाजवादीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कारण जनतामा राजनीतिप्रति वितृष्णा उत्पन्न भएको आरोप पनि लगाएको छ । ओली सरकारले जनअपेक्षा र निर्वाचनको बेला जनतासमक्ष गरेको प्रतिबद्धताअनुसार काम नगरेको घोषणापत्रमा भनिएको छ ।

हेर्नुहोस् घोषणापत्र :

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ५ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको