१ आश्विन २०८३, बिहिबार । September 17, 2026

ब्राजिलको राष्ट्रपतिमा लुला दा सिल्भा निर्वाचित


१४ कार्तिक २०७९, सोमबार  

9
Shares

एजेन्सी । वामपन्थी नेता लुला दा सिल्भा तेस्रोपटक ब्राजिलको राष्ट्रपतिमा चुनिएका छन् ।

निवर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई हराउँदै सिल्भा तेस्रो पटक राष्ट्रपति बनेका हुन् ।

वामपन्थी वर्कर्स पार्टीका सिल्भा सन् २००३ र २०१० मा पनि राष्ट्रपति बनेका थिए । सिल्भाले ५० दशमलव ८३ प्रतिशत र बोल्सोनारोले ४९ दशमलव १७ प्रतिशत मत प्राप्त गरेको सीएनएनले जनाएको छ । पहिलो चरणको निर्वाचनमा कसैको पनि बहुमत नआएपछि सबैभन्दा धेरै मत पाएका सिल्भा र बोल्सोनारोबीच ३० अक्टुबर आइतबार पुनः चुनाव भएको थियो ।

चुनावमा सिल्भा र बोल्सोनारोबीच कडा प्रतिस्पर्धा भएको थियो । ७६ वर्षीय सिल्भाले आफ्ना विगतका उपलब्धि, बोल्सोनारोका विवादित कामको श्रृंखला र भोकमरी अन्त्य गर्ने विषयलाई प्रमुख एजेण्डा बनाएर निर्वाचनमा होमिएका थिए ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ८ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ