१ बैशाख २०८२, सोमबार । April 14, 2025

नेपालगन्ज म्याराथनले पायो एम्सको सदस्यता



नेपालगन्ज । नेपालगन्ज म्याराथनले विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को सदस्यता प्राप्त गरेको छ ।

विश्वका आधिकारिक म्याराथन आयोजकहरुको सर्वोच्च साझा संस्था एम्समा नेपालबाट आवद्ध हुने सम्भवतः नेपालगन्ज म्याराथन पहिलो रहेको छ । गत महिना मात्र एम्सबाट नेपालगन्ज म्याराथनको रुट प्रमाणीकरण भएको थियो । नेपालगन्ज म्याराथनअन्तर्गत ४२ दशमलव १९५किमी, २१ दशमलव ०९७५ किमी, १० किमी र ५ किमी गरी चार वटा दुरीको अलगअलग प्रमाणपत्र रहेको छ ।

वल्र्ड एथ्लेटिक्स अन्तर्गत म्याराथनको नियमनकारी निकाय एम्समा एक सय १५ देशका ४५३ रेश आयोजक सदस्य छन् । नेपालगन्ज म्याराथन आयोजना एवं स्तरीयता सम्बन्धी आवश्यक कागजात सहित सम्पुर्ण प्रक्रिया पुरा गरेपछि एम्सले सदस्यता दिने निर्णय गरेको हो । एम्सको आवद्धतासँगै नेपालगन्ज म्याराथन विश्वव्यापी सञ्जालभित्र प्रवेश गरेको छ ।

अब अन्तर्राष्ट्रिय मञ्चमा नेपालगन्ज म्याराथनको बजारीकरण एवं प्रवद्र्धन गर्न एम्सले सघाउने नेपालन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले जानकारी दिए ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ८ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ वर्षको सुरुवात सडकमै: शिक्षक तथा विद्यालय कर्मचारीको आन्दोलन जारी

काठमाडौँ । नयाँ वर्षको उल्लासपूर्ण दिनमा जहाँ धेरैजसो नेपालीले उत्सव

मुस्ताङबाट झण्डै ९ क्विन्टल अवैध शालिग्राम बरामद, संरक्षणको चुनौती थपिँदै

मुस्ताङ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–३ स्थित छुसाङ चेकपोष्टबाट प्रहरीले ठूलो

६१ जना वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा सिफारिस, को-को परे ? (नामावलीसहित)

काठमाडौं । नेपाल प्रहरीले ६१ जना वरिष्ठ नायब निरीक्षक (सई)लाई

वीरगञ्जमा कर्फ्यू हटाइयो, सभा–जुलुसमा भने निषेध

पर्सा । शनिबार बेलुका दुई समूहबीच भएको झडपका कारण लगाइएको