२२ माघ २०८२, बुधबार । February 4, 2026

निर्वाचनपछि देशको प्रधानमन्त्री पूष्पकमल दाहाल: भट्टराई



गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मंसिर–४ को निर्वाचनपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्ने ठोकुवा गरेका छन् ।

गोरखाको सिरानचोक गाउँपालिकाको चित्रेपोखरीमा मतदाता भेटघाट कार्यक्रममा अध्यक्ष दाहालसहित पुगेका भट्टराईले माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्री बन्ने बताए । गठबन्धनको सरकार पाँच वर्ष चल्ने भन्दै उनले दाहाल दुई पटक प्रधानमन्त्री बनेको सुयोग्य व्यक्ति भएको जिकिर गरे । दाहाल जस्तो चलायमान र लोकप्रिय नेता अरु कोही नभएको उनको भनाइ थियो ।

भट्टराईले नेपाली काँग्रेसका प्रदेश सभातर्फका उम्मेदवार सुरेन्द्र पाण्डे गण्डकीको मुख्यमन्त्री बन्ने जिकिर गरे । गोरखा क्षेत्र नम्बर २ ले भावी प्रधानमन्त्री र मुख्यमन्त्री दुवै पाउन लागेको भन्दै भट्टराईले अब यो क्षेत्रको चमत्कारिक विकास हुने तर्क गरे । भट्टराईले गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन मतदाता र कार्यकर्तालाई अपिल समेत गरेका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ६ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल