२४ बैशाख २०८२, बुधबार । May 7, 2025

राजनीति व्यवसाय होइन, सेवा हो : मन्त्री कार्की



सुनसरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राजनीति व्यवसाय नभई सेवा भएको बताएका छन् ।

नेपाल विद्यार्थी सङ्घ सुनसरी क्षेत्र नं ४ ले शनिबार कोसी गाउँपालिका–१ स्थित लौकहीमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तक्र्रियामा उनले आफू सेवाभावका साथ राजनीतिमा लागेको स्पष्ट पार्नुभयो । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मन्त्री कार्कीले देश निर्माणका लागि दक्ष जनशक्ति, कानुनी शासन, सुशासन, योग्य प्रशासन, इञ्जीनियर आवश्यक भएको बताए ।

मङ्सिर ४ गते हुने निर्वाचनको माध्यमबाट दिगो लोकतन्त्र, संविधानको रक्षा गर्न, मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै देशलाई १० वर्षभित्रमा दक्षिण एसियाको धनी देशका रूपमा विकसित गर्नका लागि यो निर्वाचन फलदायी हुने उनले विश्वास व्यक्त गरे ।

अहिलेको आवश्यकता मुलुकको स्थायित्व, दिगो आर्थिक विकास, दिगो शान्ति र समृद्धि भएको बताउँदै कार्कीले अहिलेको निर्वाचनले देशलाई सही दिशानिर्देश गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ९ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेप्सेमा उत्साहजनक उछाल, ६१ अंकले परिसूचक उक्लिँदै २६७२ विन्दुमा

काठमाडौं । नेपाली सेयर बजारमा बुधबार विशेष उत्साह देखियो। लामो

भारत-पाकिस्तान तनावः मोदीले रद्द गरे युरोप भ्रमण

एजेन्सी । पाकिस्तानमा भारतीय सेनाद्वारा गरिएका निशानात्मक कारबाहीपश्चात भारत–पाकिस्तानबीचको तनाव

भारत–पाकिस्तान तनावः भारततर्फ १० र पाकिस्तानतर्फ ३६ सर्वसाधारणको मृत्यु पुष्टि

एजेन्सी । गएरातिदेखि भारत–पाकिस्तान सीमा क्षेत्रमा चर्किएको तनावले ठूलो मानवीय

दुई महिनादेखि उडा ठप्प ! विमानस्थलको गेटमै चर्कियो आन्दोलन

रुपन्देही । पछिल्ला दुई महिनादेखि अन्तर्राष्ट्रिय उडान नहुँदा गौतम बुद्ध

आतंकवाद नरोकेसम्म पाकिस्तानसँग क्रिकेट खेल्न हुँदैनः गौतम गम्भीर

एजेन्सी । भारतका पूर्व क्रिकेटर तथा वर्तमान प्रशिक्षक गौतम गम्भीरले