२१ बैशाख २०८२, आइतबार । May 4, 2025

नेपालीको रेल चढ्ने सपना पूरा हुन्छ : ओली



झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लाखौंलाई रोजगारी दिनसक्ने र आर्थिक सम्वृद्धिको आधारमा विकास गर्ने लक्ष्यका साथ शुरु गरिएको रेलमार्ग र औधोगिक पार्कको जग्गाजमिनमा देखिएको समस्या निर्वाचन लगत्तै समाधानतर्फ लागिने बताएका छन् ।

शनिबार झापाको दमकमा संयुक्त रुपमा एमाले र राप्रपाले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले देखिएका साना समस्यालाई हल गर्दै जनताको रेल चढ्ने सपना पूरा गराउने बताएका हुन् । नेपालीलाई सरल र सहज यातायातको पहुँचमा पु¥याउन आफूले रेलको सपना देखेको उनको भनाई थियो ।

अध्यक्ष ओलीले किसानको जमिन लिएर सरकारले केही नगरी बस्न नमिल्ने भन्दै यो समस्या आफूले बुझेको बताए । रेल–वे भन्दा बाहिरको जग्गा पनि रोक्का भएको र त्यो अहिलेसम्म फुकुवा नभएको विषयमा आफू जानकार रहेको अध्यक्ष ओलीको भनाइ थियो ।

उनले झापाको कमल गाँउपालिका, दमक र गौरादह नगरपालिका क्षेत्र समेटेर बन्ने दक्षिण एशियाकै सबैभन्दा ठूलो नेपाली चीन मैत्री औधोगिक पार्कको जग्गाको मुआब्जा बितरणको समस्या पनि हल गर्ने प्रतिबद्धता जनाए । लाखौंलाई रोजगार दिनसक्ने औधोगिक पार्क बन्ने भएकाले आएका समस्याहरुलाई समाधान गरेर अघि बढनुपर्नेमा आफू प्रष्ट रहेको अध्यक्ष ओलीको भनाइ छ ।

झापामा मात्र होइन देशभर विकासको लहर ल्याउने उनको दाबी थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ३ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लगातारको वर्षाले देशका प्रमुख राजमार्ग अवरुद्धः यात्रुलाई सतर्क रहन आग्रह

काठमाडौं । निरन्तर परेको वर्षाका कारण देशका प्रमुख राजमार्गहरू प्रभावित

काठमाडौंसहित देशभर वर्षा: तीन दिनसम्म मौसम बदली रहने अनुमान

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार बिहानैदेखि झरी परिरहेको छ। मौसम

आजको सुनचाँदी बजार: सुन महँगियो, सस्तियो चाँदी

काठमाडौं । आइतबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल

बर्षाले बगायो डाइभर्सन, कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध

हेटौंडा । निरन्तर वर्षाका कारण बगुवा खण्डमा बागमती खोलामा बनाइएको

नागढुङ्गा–नौबिसे सडक वैशाख २२ देखि राति बन्द हुने

काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत पर्ने नागढुङ्गा–पिप्लामोड सडक खण्डमा सुधार तथा