५ असार २०८३, शुक्रबार । June 19, 2026

फिलिपिन्स अपडेट

बाढीमा परि ३१ जनाको मृत्यु


११ कार्तिक २०७९, शुक्रबार  

6
Shares

एजेन्सी । दक्षिणी फिलिपिन्सको मागुइन्डानाओ प्रान्तका धेरै सहरहरूमा बिहीबार रातभरि परेको भीषण वर्षासँगै आएको बाढीमा परी ३१ जनाको मृत्यु भएको छ ।

साथै कैयौँ बेपत्ता भएका छन्। मुस्लिम मिन्डानाओ (बीएआरएमएम) को बाङ्सामोरो स्वायत्त क्षेत्रका आन्तरिक एवम् स्थानीय सरकार मन्त्री नागुइब सिनारिम्बोका अनुसार दातु ओडिन सिनसुआतमा १६ जना, दातु ब्लाह सिनसुआतमा १० जना र उपीमा पाँच जनाको ज्यान गएको हो ।

डुबेर र पहिरोमा परी उनीहरूको ज्यान गएको बताउँदै उनले बाढी प्रभावित क्षेत्रमा उद्धारका काम जारी रहेकाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने जानकारी दिएका छन् । इन्डानाओको प्रान्तीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यालयका प्रमुख नसरुल्लाह इमामले स्थानीय बासिन्दाको उद्धारका निम्ति सेना र प्रहरी तैनाथ गरिएको बताएका छन् ।

फिलिपिन्समा यो वर्षको बाढीपहिरामा परी दुई सय २० जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ७ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा