२३ फाल्गुन २०८२, शनिबार । March 7, 2026

चार वर्षमा पनि बनेन तीन किलोमिटर सडक


१० कार्तिक २०७९, बिहिबार  

9
Shares

चितवन । नारायणगढको सहिदचोकबाट बैकुण्ठचोक, धर्मचोक हुँदै कचपचेचोक पुग्ने सडक निर्माण अधुरै छ ।

ठेकेदार कम्पनीले विभिन्न बाहना बनाउँदै निर्माणमा ढिलाइ गरेका कारण सडक निर्माण हुन सकेको छैन । सडक निर्माणका लागि चार वर्षमा तीनपटक म्याद थप गरिएको छ । यो अवधिमा सडक निर्माणको ७५ प्रतिशतमात्र काम भएको छ । सडक निर्माणको बाँकी काम कात्तिक महिनाभित्र सक्ने निर्माण कम्पनी रमण शिवशक्ति जेभीका प्रबन्ध निर्देशक रञ्जन ठाकुरले बताए ।

उनले भने नाला र सबबेसको काम सकियो अब कालोपत्र हुन्छ । एक–दुई हप्ताको काम हो, कात्तिक महिनाभर सकिन्छ । ठाकुरका अनुसार अब चार सय ८० मिटर सडक बनाउन बाँकी छ । तीन किलोमिटर सडक निर्माणका लागि २०७५ सालमा निर्माण सम्झौता भएको थियो ।

सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले रमण शिवशक्ति जेभीसँग सम्झौता गरेको थियो । सम्झौताअनुसार २०७७ असार मसान्तसम्म निर्माण सक्नुपर्ने थियो । दश मिटर चौडाइको सडक निमार्णका लागि दुवैतर्फ छ देखि सात फिट गहिरो ढल खनिएको छ ।

सघन सहरी विकास कार्यक्रमअन्तर्गत कालोपत्र सडक तथा ढल निर्माण प्याकेज नं २ अन्तर्गतको सात योजनामध्ये यो एउटा हो । यसका लागि रु ६८ करोड २३ लाखमा सम्झौता भएको थियो । सहिदचोकबाट बैकुण्ठचोक, धर्मचोक र कचपचेचोकसम्मको बाटोको ठेक्का रकम भने रु ७१ करोड ३८ लाख रहेको सहरी विकास कार्यालयका इञ्जीनियर पुजन न्यौपानेले बताए।

कार्यालयले अब रु २१ करोड भुक्तानी गर्न बाँकी रहेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहिबार  ९ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по