३ बैशाख २०८२, बुधबार । April 17, 2025

चितवनमा निर्वाचनसम्बन्धी गोष्ठी सुरु



चितवन । चितवनमा निर्वाचन सामग्री तथा वित्तीय व्यवस्थापन र नमूना मतदाता शिक्षा सम्बन्धी दुई दिने गोष्ठी बुधबारदेखी शुरु भएको छ ।

निर्वाचन आयोगको आयोजना र जिल्ला निर्वाचन कार्यालय चितवनका समन्वयमा गोष्ठी सुरु भएको हो । गोष्ठीको उद्घाटन गर्दै निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले निर्वाचन व्यवस्थित रुपमा सम्पन्न गर्नुपर्नेमा जोड दिए । नमूना मतदाता शिक्षाबारे प्रकाश पार्दै उनले मतदानको १५ दिनअघि घरदैलो कार्यक्रम गरिने बताए ।

जिल्ला मतदाता शिक्षा समिति, स्थानीय स्तरमा स्थानीय मतदाता शिक्षा समितिले मतदाता शिक्षाको काम गर्ने उनले जानकारी दिए । आयोगमा हालसम्म गरेका काम र भावी कार्यक्रमका बारेमा पनि उनले जानकारी दिएका छन् । गोष्ठीमा गण्डकी प्रदेशका सबै जिल्ला र बागमती र मधेश प्रदेशका चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट र सिन्धुलीका निर्वाचनमा खटिने नायब सुब्बा र लेखापालहरु गरी ३५ जना गोष्ठीमा सहभागी भएका थिए ।

सहभागीलाई निर्वाचन आयोगका उपसचिव प्रदीप भट्टराई, लेखा अधिकृत विष्णुप्रसाद न्यौपाने र शाखा अधिकृत प्रकाश भण्डारीले सहजीकरण गरेका थिए ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ४ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विमानस्थलमा यात्रुसँग दुर्व्यवहार गर्ने तीन प्रहरी हटाइए

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएईबाट नेपाल फर्किएका एक यात्रुसँग

नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उच्चतम बिन्दुमा, चाँदीको दर पनि बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको

लायन्स ३२५ आर को तेस्रो महाधिवेशन सफल, डीके ढुङ्गाना अन्तर्राष्ट्रिय दौडमा

काठमाडौं । सामाजिक सेवामा निरन्तर क्रियाशील लायन्स क्लब्स इन्टरनेसनल डिस्ट्रिक्ट

बालुवाटारमा सत्ता साझेदार दलहरूको उच्चस्तरीय बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनमा रहेका नेकपा एमाले र नेपाली कांग्रेसबीचको

वीरगञ्ज भन्सारको राजस्वमा ठूलो फड्को, नौ महिनामा कति संकलन भयो ?

पर्सा । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज भन्सार कार्यालयले