१३ बैशाख २०८२, शनिबार । April 27, 2025

निर्वाचन पद, पैसा, पहुँच र प्रलोभनबाट प्रभावित हुनु हुन्न : प्रमुख आयुक्त थपलिया



काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त निदेश कुमार थपलियाले निर्वाचन पद, पैसा, पहुँच र प्रलोभनबाट प्रभावित हुन नहुने बताएका छन् ।

तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना सन्देश दिदै प्रमुख आयुक्त थपलियाले निर्वाचन विचार, सिद्धान्त, इमान र निष्ठाबाट निर्देशित हुनुपर्छ भन्ने आयोगको अठोट र मान्यता स्थापित गर्न सबै मतदाताहरूमा कसैको डर, धाक, धम्की र प्रलोभनमा नपरी निर्धक्क भएर मतदान गर्ने शक्ति चाड पर्वबाट प्राप्त होस् र प्रतिबद्धता जागृत होस् भन्ने कामना व्यक्त गरेका छन्।

‘आपसी सद्भाव र सांस्कृतिक महत्व झल्काउने यस्ता चाड पर्वले पारिवारिक पुनः मिलन, सामाजिक एकता र सौहार्दता अभिवृद्धि गर्ने हुँदा चाड पर्वहरुलाई खर्चिलो र भड्किलो बन्न दिनुहुने छैन भन्ने विश्वास लिएको छु ।’ प्रमुख आयुक्त थपलियाले , ‘चाड पर्वको मौका पारी निर्वाचनका लागि जारी गरिएको आचारसंहिता विपरीत मतदातालाई अवाञ्छितरूपमा प्रलोभन दिने र प्रभावित पार्ने जस्ता गतिविधिहरु नगर्न म सम्बन्धित दल, उम्मेदवार र सबै मतदाताहरुमा अपिल गर्दछु ।’

उनले फूल, बत्ति र रङको पर्व दिपावली तथा सद्भाव र भातृत्वको प्रतीक छठ पर्वले हरेक मान्छेको जीवनमा उल्लास, उमंग र ऊर्जा ल्याए जस्तै मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनले राष्ट्रको जीवनमा सुशासन, विकास र समृद्धिको स्पष्ट मार्गचित्र कोर्नेछ भन्ने विश्वास पनि व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ४ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनएसएलः ललितपुर लगातार दोस्रो पटक च्याम्पियन

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा ललितपुर सिटी

प्रतिविम्ब ओपन स्काउट क्र्यूको सातौँ वार्षिकोत्सव: नयाँ यात्राको उत्साह र संकल्प

काठमाडौं । नेपाल स्काउट अन्तर्गत सञ्चालनमा रहेको प्रतिविम्ब ओपन स्काउट

कान्ति लोकपथ सडकमा १५ दिनसम्म ६ घण्टा सवारी आवागमन बन्द

मकवानपुर । हेटौंडाबाट ठिंगन हुँदै काठमाडौं जाने प्रमुख मार्गको ठिंगन–बगुवा

एनएसएल २०२५ः विजेतालाई ८० लाख पुरस्कार, उपविजेताले कति पाउँछ ?

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ को विजेताले ८०

शिक्षक-सरकार वार्ता भाँडियो ! परिस्थिति थप जटिल बन्ने संकेत

काठमाडौं । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले शिक्षा मन्त्रालयसँग वार्ता