१३ बैशाख २०८२, शनिबार । April 26, 2025

सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आयोगको निर्देशन



काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचार संहिता, २०७९ को दफा ५ को खण्ड (क) तथा खण्ड (क .१) लगायतका सम्पूर्ण व्यवस्थाको पालना गर्न, गराउन सात वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन नेपाल सरकार तथा प्रदेश सरकारको समेत मुख्य जिम्मेवारी भएकोले निर्वाचन प्रचारप्रसारका सम्बन्धमा सो निर्देशन दिएको आयोगले जनाएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को खण्ड (क) ले नेपाल सरकार वा प्रदेश सरकारका मन्त्रीले गर्ने निर्वाचन प्रचार प्रसारलाई व्यवस्थित गरेको छ ।

त्यस्तै सोही दफाको खण्ड (क १) ले त्यसरी प्रचारप्रसार गर्दा समेत सरकारी स्रोत साधनको प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ । उल्लेखित व्यवस्था कार्यान्वयनको लागि आयोगले पटक पटक राजनीतिक दलहरुको ध्यानाकर्षण गर्दै आएको छ भने राजनीतिक दलका प्रमुख पदाधिकारीबाट निर्वाचन आचार संहिता पालनाको प्रतिबद्धता समेत जनाएका छन् ।

यति हुँदा हुँदै निर्वाचनका सन्दर्भमा नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्री लगायतका पदाधिकारीले निर्वाचन प्रचार प्रसार सम्बन्धी कार्यको लागि हेलिकप्टर लगायत सरकारी स्रोत साधनको प्रयोग गर्ने गरेको भनी विभिन्न माध्यमबाट सूचना प्राप्त भएकाले सो कार्यलाई नियन्त्रण गर्न सत वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आयोगले निर्देशन दिएको हो ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  १० : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कान्ति लोकपथ सडकमा १५ दिनसम्म ६ घण्टा सवारी आवागमन बन्द

मकवानपुर । हेटौंडाबाट ठिंगन हुँदै काठमाडौं जाने प्रमुख मार्गको ठिंगन–बगुवा

एनएसएल २०२५ः विजेतालाई ८० लाख पुरस्कार, उपविजेताले कति पाउँछ ?

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ को विजेताले ८०

शिक्षक-सरकार वार्ता भाँडियो ! परिस्थिति थप जटिल बन्ने संकेत

काठमाडौं । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले शिक्षा मन्त्रालयसँग वार्ता

स्वास्थ्यका लागि दौड: खस्यौली म्याराथन २०८२

बुटवल । स्वास्थ्यको लागि दौड भन्ने नारासहित खस्यौली लायन्स म्याराथन

शिक्षक आन्दोलनः २४ दिनपछि खुल्यो संवादको ढोका ! होला त सहमति ?

काठमाडौं । शिक्षकहरूको आन्दोलन २४ दिन नाघिसकेको छ र यसै