४ बैशाख २०८२, बिहिबार । April 18, 2025

गठबन्धन एक दुई दिनको यात्रा होइनः नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विशाक्त भावनालाई फालेर संयुक्त यात्राको मार्गमा अगाडि बढ्न आग्रह गरेका छन् ।

सोमबार वाम लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले गठबन्धनको संयुक्त सहकार्य र अभियान आगामी दिनमा पनि निरन्तर जारी रहने र संयुक्त उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । निकै ठूलो चुनौतीको सामना गरेर आफूहरु अगाडि बढेको उल्लेख गर्दै नेपालले संविधान र राज्यभन्दा माथि ठान्ने, पार्टीभन्दा माथि ठान्ने प्रवृत्ति तत्कालीन नेकपाको नेतृत्वमा देखा परेकाले त्यसको विरुद्ध गरिएको बताए ।

गणतन्त्रको आन्दोलनमा पनि कम्युनिष्ट र कांग्रेस एकआपसमा मिलेर नै सफल बनाइएको तथ्य उनले पेश गरे । न्याय र समानतामूलक समाज स्थापनाका लागि प्रतिगामी गठबन्धनका विरुद्ध साझा मतका साथ उभिन उनको आग्रह थियो । आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी अर्थतन्त्रमा रुपान्तरण गर्ने विषयमा चासो र चिन्ता हुनुपर्ने स्पष्ट पार्दै नेपालले बुद्ध जन्मेको देशले आर्थिक सामाजिक रुपान्तरणको खाका बनाउनुपर्ने बताए ।

शक्ति वृद्धिका लागि एकले अर्कालाई विजयी गराउनुपर्नेमा नेपालले जोड दिएका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ४ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शिक्षक समुदायलाई परीक्षा बोर्डको अपिल-कक्षा १० परीक्षण र कक्षा १२ व्यवस्थापनमा सहयोग गरौं

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले हालै सम्पन्न कक्षा १० को

अमेरिकाबाट डिपोर्ट, भुटानबाट भगौडा, नेपालमा थुनामा-सर्वोच्चले भन्यो: निकाला नगर !

काठमाडौँ । थुनामा रहेका चार भुटानी नागरिकलाई तत्काल देश निकाला

“हेर्दाहेर्दैमा” राखियो बहुचर्चित मुद्दा: पूर्वप्रधानमन्त्रीहरू अब जोगिन सक्लान् ?

काठमाडौं । ललिता निवासको सरकारी जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्रीहरू माधवकुमार

पत्रकार नवराज कुँवर ‘नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित

काठमाडौं । पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका शिलापत्र डटकमका

वैशाख ७ मा राप्रपाको राप! लिङ्देन भन्छन् – निषेधित क्षेत्रमै हुन्छ निर्णायक लडाइँ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वैशाख