४ असार २०८३, बिहिबार । June 18, 2026

भारत र जापानका प्रधानमन्त्रीबीच भेटवार्ता


११ आश्विन २०७९, मंगलबार  

0
Shares

एजेन्सी । भारत र जापानका प्रधानमन्त्री बीच मंगलवार जापानको राजधानी टोकियोमा भेटवार्ता भएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार बिहानै जापानको टोकियो उत्रिएका थिए । उनले जापानका समकक्षी फुमियो किशिदासँग दुई पक्षीय हित, साझा चासो र सरोकारका विषयमा छलफल गरेका छन् । जापानका पूर्व प्रधानमन्त्री सिन्जे आबेको अन्त्येष्टि समारोहमा सहभागी हुन मोदी टोकियो आएका हुन् ।

आबेको गत जुलाई ८ मा जापानको नारा सहरमा हत्या भएको थियो । चुनाव प्रचार प्रसारको सिलसिलामा नाराको मुख्य चोकमा आयोजित चुनावी सभालाई सम्बोधन गरिरहेका बेला उनीमाथि गोली प्रहार भएको थियो । गोली प्रहार हुने बित्तिकै उनलाई तत्काल अस्पताल लगिएको भएपनि चिकित्सकहरूले उनलाई बचाउन नसकिएको भन्दै मृत घोषणा गरेका थिए ।

कडा सुरक्षाका बीचमा पनि उनको हत्या भएपछि धेरैले आश्चर्य मानेका थिए भने आम नागरिकमा निकै लोकप्रिय नेताका रुपमा चिनिएका आबेको अचानक हत्या भएपछि विश्वभरबाट दुःख व्यक्त भएको थियो ।

जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री भएका आबेको ७६ वर्षको उमेरमा निधन भएको हो ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  १० : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा