२७ बैशाख २०८२, शनिबार । May 10, 2025

पञ्चकन्या झरना, पर्यटकका लागि नयाँ गन्तव्य



काभ्रेपलाञ्चोक । ‘पञ्चकन्या झरना’ पछिल्लो समय धेरैको रोजाइको थलो बनेको छ ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ खारखोलास्थित सो झरनामा हरियाली, शान्त र रमणीय वातावरणमा रहेको उक्त झरना निकै मनमोहक छ । मान्छेको आवागमन बढ्दै गएपछि करिब डेढ वर्ष अगाडि वडाले झरना जाने सिँढी निर्माण गर्नुका साथै बार र रेलिङ हालेर बाटो सहज बनाएको थियो ।

बाटो सहज भएसँगै यहाँ पईटकहरुको घुईचो लाग्ने गरेको छ । हरेक दिनजसो पर्यटकहरु आउने गरेको भएपनि प्राय बिदाका दिनमा निकै भिड लाग्ने गरेको छ । धेरै टिपर गुड्ने समयमा भने आवागमनमा कमी आउने गरेको स्थानीय सन्तबहादुर तामाङले बताए । कच्ची बाटो त्यसमाथिपनि ठूला सवारीसाधनको चाप बढि हुने भएकाले साना सवारीसाधनलाई आवागमनमा समस्या हुने गरेको स्थानीय बताउँछन् ।

पनौती नगरपालिका–२ कुशादेवीका डिल्लीराम आचार्य पनौती बजारबाट नजिकै रहेको भएतापनि पञ्चकन्या झरनामा जानेहरूले बाटोको समस्याका कारण सास्ती खेप्नुरेको बताउछन् । पनौती–मल्पी–रोशी भूमेडाँडा हुँदै ‘पञ्चकन्या झरना’ पुग्न सकिन्छ । पनौती बजारबाट जम्मा छ किलोमिटर मात्रैको दूरी मा रहेको सो क्षेत्रमा धेरैजसो खानी र क्रसर उद्योग सञ्चालनमा ल्याएका कारण एकातिर शान्त वातावरणमा प्रदूषण बढेको र अर्कोतर्फ ठूला सवारी साधनले बाटो बिगारेर समस्या गरेकाले वितृष्ण पैदा गराइदिएको अचार्य बताउँछन् ।

कुशादेवीकै हस्तबहादुर तामाङले भने पर्यटकीयस्थल झरनाको विकास संरक्षणका लागि स्थानीय सरकारले पहल गर्नुपर्ने बताउँछन् । ठाउँ निकै मनमोहक र जानका लागि सहज भए पनि बाटोघाटो र त्यहाँ सञ्चालित खानी र क्रसरले गर्दा दिक्क बनाउने गरेको अवस्थाबाट सो ठाउँलाई छुटकारा दिलाउन आवश्यक रहेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ३ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भारत–पाकिस्तान तनावः आईपीएल २०२५ स्थगित

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो कूटनीतिक र सैन्य तनावले

आज नेपाली बजारमा सस्तियो सुन, चाँदी महँगियो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा कमी आएको छ

महिला टी-२० विश्वकप छनोटः नेपाल र हङकङ बीचको खेल रद्द

काठमाडौं । थाइल्याण्डमा आयोजना भइरहेको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट

एसियन थाई फुड्सले लुम्बिनी प्रदेशमा नयाँ चाउचाउ उत्पादन युनिटको शुभारम्भ गर्‍यो

काठमाडौं । नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई

महिला टी-२० विश्वकप छनोटः आज हङकङ र नेपाल भिड्दै

काठमाडौं । नेपाली महिला क्रिकेट टोली आजदेखि महिला टी-२० विश्वकप